बन्दाबन्दीको बेला शुल्क लिने विद्यालयलाई कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी


काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले आमजनताका समस्या समाधान गर्न सरकार असफल बन्दै गएको जनाएको छ । कोरोनापछि जारी बन्दाबन्दीले जनजीवन कष्टकर बन्दै गएको बेला सरकार भने मूकदर्शक बनेर बसेको क्रान्तिकारीले बताएको छ ।

अखिल क्रान्तिकारीका अर्घाखाँची जिल्ला अध्यक्ष नवीन खड्काले आफूहरूको मागलाई बेवास्ता गरेमा कडा सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । सङ्घर्षको कार्यक्रमअनुसार असार १७ गते ध्यानाकर्षणपत्र बुझाउने, असार १९ गते अन्तरक्रिया गर्ने, असार २१ गते शुल्क असुलीका विरुद्ध अभिभावकसहित प्रदर्शन गर्ने, असार २३ गते शुल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने जनाइएको छ । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :