अनलाइन कक्षाको नाममा शुल्क लिन पाइदैन : अखिल (क्रान्तिकारी)


काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति पाल्पाले अनलाइन कक्षाको नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

क्रान्तिकारीका पाल्पा जिल्ला अध्यक्ष लंक राणाले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता संकटमा परिरहेकोबेला शैक्षिक माफियाहरुले अभिभावकहरुबाट अनलाइन कक्षाको नाममा शुल्क उठाउन थालेको भन्दै सरोकारवाला सवैको ध्यानाकर्षण गराएको छ ।

क्रान्तिकारीले २०७७ जेठ २० गते शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षा मन्त्रालयमा पेश भएको ९ बुंदे माग पत्र र विगतमा भएका सहमतिहरुलाई उलंघन गर्दै प्याप्सन र एन प्याब्सनले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क असुली गरेको पाइएमा चरणबद्ध संघर्षमा उत्रने बताएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :