वडा अध्यक्षमाथि गरिएको जनकार्वाहीको अनावश्यक प्रोपोगाण्डा किन : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्षमाथि गरिएको जनकारबाहीको विषयलाई अनावश्यक प्रोपोगान्डा नगर्न अपिल गरेको छ । बिहीबार दाङ सेक्रेटरी भगवानराजले प्रेस विज्ञप्ति जारी गर्दै जनविरोधी क्रियाकलाप गर्ने जनप्रतिनिधिमाथि जनताले गरेको कारबाहीमा आफ्नो समर्थन रहेको भन्दै उक्त विषयलाई अनावश्यक रूपमा प्रचारबाजी नगर्न आग्रह गरेका हुन् ।

सेक्रेटरी भगवानराजद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्षले दर्जनौँ जनता र शिक्षकलाई कुटपिट गरेको, प्रहरी प्रशासनलाई प्रभावमा पारी मुद्दा नहेरेको र सामुदायिक बन, विद्यालयमा अस्वाभाविक हस्तक्षेपको भूमिका निर्बाह गरी जनप्रतिनिधि कहलाउँदै जुवातास खेल्ने, खेलाउनेजस्ता सामाजिक विकृतिका क्रियाकलाप गरेकाले जनप्रतिनिधि गुन्डा, जुवाडे, भ्रष्टाचारीका रूपमा परिचित वडाभित्रको विकासे बजेटहरूमा आफ्ना मान्छेलाई जिम्मा दिने, जनतासँग विभिन्न बहानामा कमिसन माग्ने गरेकाले जनताले कारबाही गरेका हुन् ।’

प्रेस विज्ञप्तिमा भगवानराजले आफ्नो पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरु होम क्वारेन्टाइनमा बसेको बेला घर गई आतङ्कित पारी बिनाकारण इन्द्रबहादुर वली, अर्जुन शाही, रेसम विकलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएको उल्लेख गरेका छन् । साथै बिनाकारण प्रहरी दमन र झूट्टा मुद्दा लगाउने कार्य बन्द गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :