अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह


काठमाडौँ : अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रीय समन्वय समितिले कोरोना महामारीका कारण जनजीवन त्रासमा परिरहेको बेला निजी विद्यालयले शुल्क उठाएको भन्दै शुल्क लिने कार्य बन्द गर्न माग गरेको छ ।

सगरमाथा समन्वय समितिका संयोजक दर्शन नेपालीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारीको बेला अनलाइन कक्षाका नाममा निजी विद्यालयहरूमा शुल्क नदिन अभिभावकलाई आग्रह गरेका छन् ।

सरकारी विद्यालयहरूलाई क्वारेन्टाइन बनाएको बेला निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क उठाउने कार्य आफ्नो सङ्गठनलाई सह्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :