राष्ट्रघाती एमसीसी संसदबाट पारित नगर्न ६ पत्रकार सङ्गठनको माग

काठमाडौँ : विभिन्न ६ वटा पत्रकार सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय हितविपरीत रहेको राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन् ।

क्रान्तिकारी पत्रकार महासङ्घ, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार सङ्घ, प्रेस सेन्टर, देशभक्त पत्रकार सङ्घ र अखिल नेपाल पत्रकार युनियनले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गरी एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत रहेको विभिन्न तथ्यहरूले स्पष्ट गरेको भन्दै यसलाई परिमार्जनसहित पारित नगरी खारेज नै गर्नुपर्ने माग गरेका हुन् ।

अमेरिकी परियोजना एमसीसी नेपालमा लागू भए राष्ट्रिय स्वाधीनता सङ्कटमा पर्ने भन्दै एमसीसीमा हस्ताक्षर गर्नु भनेको नेपालका लागि आत्मघाती कदम हुने पनि पत्रकारहरूले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :