स्वास्थ्य सामग्री खरिदप्रक्रियाको हिसाब सार्वजिनक गर : नेकपा

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति मुगुले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदप्रक्रियामा गरिएको हिसाबकिताब जनतासमक्ष सार्वजनिक गर्न माग गरेको छ । 

नेकपा मुगुका इन्चार्ज सिद्धान्त र सेक्रेटरी समाजले प्रेस विज्ञप्ति जारी गर्दै सरकार जनताका नाममा ल्याइने स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्नतिर लागेको तर कोरोना नियन्त्रणमा असफल भएको बताएका छन् ।

यस्तै नेपालमा एमसीसी परियोजना लागू गरेर विदेशीको सैन्य क्रीडास्थल बनाउन केपी वली सरकार लागिपरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राज्यकोष आफ्नो पार्टीका कार्यकर्तालाई पोस्न सरकारले बजेट असारमा सम्झौता गर्ने, अन्तिम असारमा पास गरी भुक्तानी गर्नेजस्तो घृणित कार्य गरेको भन्दै यसका विरुद्ध सबैले आवाज उठाउन आवश्यक भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :