डलरमा राष्ट्रिय स्वाधीनता बेच्नतिर नलाग, एनसेलले ठगेको असुल गर : नेकपा

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सुर्खेतले केही समयदेखि चर्चा र विवादमा आएको राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विरुद्ध एक हुन सबैलाई आग्रह गरेको छ ।

जिल्ला इन्चार्ज धु्रव र सेक्रेटरी यामराजद्वारा जारी प्रेस विज्ञप्तिमा एमसीसी परियोजना नेपाललाई अमेरिकी साम्राज्यवादी सैनिक अखडा बनाउने राष्ट्रघाती कदम भएको भन्दै कालोधनसँग राष्ट्रिय स्वाधीनता बेच्न नहुने उल्लेख छ ।

हिन्द–प्रशान्त अमेरिकी सैन्य रणनीतिअन्तर्गत देशलाई फसाउन लागेको भन्दै सबै मिलेर यसलाई असफल बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । देशलाई पराधीन बनाएर एमसीसी पारित गर्नुभन्दा एनसेलले राज्यलाई ठगी गरेको १ खर्ब असुल गर्न नेकपाले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :