भक्तपुर जिल्ला इन्चार्ज विजयलाई तत्काल रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले विज्ञप्ति जारी गर्दै पार्टीका ब्युरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज विजयलाई यही असार १६ गते मध्यरातमा बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज मिलनले जारी गरेको विज्ञप्तिमा गिरफ्तारीको घोर विरोध र भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोरोना महामारी घटेको छैन । पार्टीले सबै आवश्यक आक्रामक कारबाहीहरू बन्द गरी जनताको सुरक्षा, जनसचेतना र जनकार्य गर्दै देशव्यापी सिङ्गो पार्टीपङ्क्ति परिचालन भइरहेको सन्दर्भमा सामाजिक दलाल, पुँजीवादी, भ्रष्टाचारी, कमिसनखोरी, राष्ट्रघाती र जनघाती केपी सरकारले देशभर हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने र विभिन्न जिल्लाका हिरासत घुमाउने कार्य गरिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोका सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क. विजयलाई सामाजिक दलाल पुँजीवादी केपी सरकारको गृह प्रशासनले यही असार १६ गते रातको २ बजे गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी राज्यको यसप्रकारको कार्यको घोर विरोध र भत्र्सना गर्दछ । साथै, गिरफ्तार क. विजयलाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :