अखिल क्रान्तिकारीले माग्यो शुल्क उठाउने विद्यालयको नाउँ


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले लकडाउनको समयमा पनि निजी शैक्षिक संस्थाहरूले जबर्जस्ती शुल्क बुझाउन दबाब दिएमा आफ्नो सङ्गठनलाई जानकारी गराउन अपिल गरेको छ । सङ्गठनले प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाका नाममा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्रान्तिकारीले उक्त निर्णय तत्काल फिर्ता गर्न जोडदार मागसमेत गरेको छ । अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक दीपक बिष्टले विज्ञप्ति जारी गर्दै शुल्क असुल गर्ने निर्णयविरुद्ध पहिलो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । बिष्टले विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न पनि अपिल गरेका छन् ।

सङ्घर्षका कार्यक्रमअन्तर्गत असार १७ गते राप्तीका सबै जिल्लाका सम्बन्धित निकायमा सचेतपत्र बुझाउने, १९ गते अन्तरक्रिया भिडियो कन्फरेन्स (विद्यार्थी, अभिभावक, सरोकारवाला पक्षसँग) गर्ने, २१ गते विरोध प्रदर्शन र भन्डाफोर गर्ने, २३ गते शुल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर राख्ने र तालाबन्दी गर्ने क्रान्तिकारीले जनाएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :