हुम्लामा पनि एमसीसी सम्झौताविरुद्ध नेकपाको प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी हुम्लाले जिल्ला सदरमुकाम सिमीकोटमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गर्दै प्रदर्शन गरेको छ ।

अमेरिका र नेपालबीच हुने भनिएको एमसीसी सम्झौताको देशव्यापी चर्को विरोध भइरहेको बेला नेकपा हुम्लाले प्ले कार्ड प्रदर्शन गर्दै बजार परिक्रमा गरेको हो ।

नेपालमा जनआस्था र अपेक्षाविपरीत राष्ट्र र राष्ट्रियता नै धरापमा पार्ने गरी नेताहरू आफ्नो निहित स्वार्थ पूरा गर्न तल्लीन रहेको र राष्ट्रियता थप धरापमा पार्दै देशलाई कमजोर बनाउन अमेरिकी सैन्य परेडका लागि मार्ग खडा गर्ने गरी एमसीसी सम्झौता गर्न लागिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए । यस्तो षड्यन्त्र सफल हुन नदिने र एमसीसी सम्झौता खारेज नभएसम्म सङ्घर्ष निरन्तर अगाडि बढ्ने हुम्ला जिल्ला पार्टीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र उसका विभिन्न जनवर्गीय सङ्गठनले लगातार विभिन्न माध्यमबाट एमसीसीको विरोध गर्दै आएका छन् । नेकपा र जवस–मोर्चाहरूले यसअघि एमसीसीविरुद्ध सङ्घर्ष गर्ने क्रममा पर्चा वितरण, पोस्टर टाँस्ने, कोणसभा, प्ले कार्ड प्रदर्शन, ब्यानर टाँस्नेलगायत कार्यक्रम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :