भ्रष्ट एलडिओ कार्वाहीमा

Dolpa_district_locationअम्बिका चन्द / काठमाडौं, असार २५ : डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रलाई नेकपाले जनकार्वाही गरेको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी समर्थित युवाहरुले मिश्रको कार्यकक्षमै पुगी कालोमोलो दलेका हुन् । नेकपा डोल्पाका इन्चार्ज अजितले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली रोजगार कोषको करोडौं रकम भ्रष्टाचार गरेकोले कार्वाही गरिएको बताएका छन् । साथै जिल्लामा ठेक्का आह्वान गरी स्थानीय विकास अधिकारी मिश्रले करोडौंको रकम हिनामिना गरेको र भ्रष्टचारी, घुसखोरी र जनविरोधीलाई कार्वाही गर्ने पार्टीको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :