दुघर्टनामा २ जनाको मृत्यु, ५० भन्दा बढि घाइते

bus-accidentअम्बिका चन्द / काठमाडौं,असार २५  :  रुकुमवाट दाङको तुल्सीपुरका लागि छुटेको ना ४का ख ५७५४ नम्वरको यात्रुवहाक वस सल्यानको लुहाम नजिक दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ । आइतबार भएको दुघर्टनामा परि ५० भन्दा बढि यात्रु घाइते भएका छन् । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ । सल्यान, रुकुमलगायतका जिल्लामा विगत एक हप्तादेखि लगातार वर्षा भइरहेकोले सडक विग्रेको र वसमा क्षमताभन्दा बढि यात्रु सवार भएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा प्राथमिक उपचार भइरहेको छ । वस झण्डै डेढ सय मिटर तल खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :