नेकपाद्वारा वडा अध्यक्षलाई चेतावनी स्वरुप जनकारवाही


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिका दाङले भ्रष्टचारी, कमिसनखोर, जुवाँतास खेल्ने खेलाउने जस्ता सामाजिक विकृति क्रियाकलापमा संलग्नता रहेको वडा अध्यक्ष फर्साराम डाँगीलाई चेतावनी स्वरुप जनताको अनुरोधमा सामाजिक कारवाही गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिका कमिटीका सेक्रेटरी कमल सिंहले एक प्रेस विज्ञप्ति जारी गरी शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगी भ्रष्टचारी, कमिसनखोर, जुवाडे, गुन्डा नाईके जस्ता निम्न जनबिरोधी क्रियाकलाप गरेको भन्दै सातवटा कारणसहित चेतावनी स्वरुप जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको जानकारी दिएका छन् ।

सेक्रेटरी कमल सिंहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी बिगत देखि नै राष्ट्रियता, जनतन्त्र, जनजिबिकाको पक्षमा विभिन्न खालका संघर्ष गर्दै भ्रष्टचारी, देशद्रोही जस्ता जनताका दुस्मनहरुप्रति धावा बोल्दै आइराखेको कुरा सबैको सामु छर्लङ्ग छ । यसै सन्दर्भमा शान्तिनगर गाउँपालिका वडा नं. २ वडाका वडा अध्यक्ष भ्रस्टचारी, कमिसनखोर, जुवाडे, गुन्डा नाईके फर्साराम डाँगीले तल उल्लेखित जनबिरोधी क्रियाकलाप गरेकाले चेतावनी स्वरुप जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको कुरा जानकारी गराउदछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :