अनलाइन कक्षाको शूल्क नतिर्न अभिभावकलाई अखिल (क्रान्तिकारी)को अपिल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शुल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)ले लकडाउनकै बीचमा नीजि शैक्षिक संस्थाहरुले भर्ना गर्ने, शुल्क असुल गर्न अभिभावकलाई पत्र पठाउन र शुल्क नतिरे अनलाइन कक्षाबाट हटाउने भन्दै दवाव दिएको भन्दै विरोध जनाएको छ ।

उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण जनजीवन सामान्य भइनसकेको अवस्थामा भर्ना लिने र शुल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेका छन् ।

‘प्याब्सन र एन प्याब्सनको निर्देशनमा नीजि शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना गर्ने, शुल्क असुली गर्न अभिभावकलाई पत्र पठाउने र दवाव दिने, शुल्क नतिरे अनलाइन कक्षामा सहभागी नगराउने भन्दै विद्यार्थी र अभिभावकलाई तनाव सिर्जना दिने काम भइरहेको छ । यसप्रति हाम्रो सङ्गठन घोर बिरोध प्रकट गर्दै उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छ ।’ विकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै भर्ना नगर्न र शुल्क नतिर्न अभिभावकलाई अपिलसमेत गरेका छन् ।

अनलाइन कक्षाको नाममा शुल्क नलिन गरेको निर्देशनको नीजि शैक्षिक संस्थाहरुले बेवास्ता गरेको भन्दै अखिल (क्रान्तिकारी)ले कडाइँपूर्वक नियमको पालन गराउन सरकारसँग मागसमेत गरेको छ ।

त्यसैगरी नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिभावकको टाउकोमा थोपर्ने र संकटमा पनि न्यूतम् मानवीय संवेदना सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्थाहरुमाथि संगठन आवश्यक कारवाही गर्ने संयोजक विकले चेतावनी दिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :