नेकपा भक्तपुर जिल्ला इन्चार्ज विजय शाही गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज विजय शाहीलाई कलंकीस्थित बसेको कोठाबाट राती २ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

मध्यराती कोठामा गुण्डा शैलीमा प्रवेश गरी सुतेकै अवस्थामा शरिरमा लुगासमेत लगाउन नदिइ गिरफ्तार गरेर लगेको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

मुलुक कोरोना सङ्क्रमणको चपेटामा पर्दै गएको समयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्री किन्दासमेत भ्रष्टाचार गरेर बदनाम भएको र सत्ता लुछाचुँडीमा निर्लिप्त भएर जनताबाट आलोचना खेपिरहेको केपी वली सरकार नेकपाका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर जनसमुदायको ध्यान अन्यत्र मोड्न क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :