नेकपा नेता वीरजङ्ग रिहा भएलगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले अदालतको आदेशपछि रिहा भएलगत्तै पुनः गिरफ्तार गरेको छ । सोमबार दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले वीरजङ्गलाई पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ ।

दाङ देउखुरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहाइको आदेश गरेपछि प्रहरीले अदालत परिसरबाटै वीरजङ्गलाई गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।

२०७६ असोज २९ गते नेकपा राप्ती ब्युरो बैठकबाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलार्य तुलसीपुर कारागारबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

अदालतबाट रिहा भएलगत्तै अदालतमै फूलमाला र अबिरले उनलाई स्वागत गरिएको थियोे तर त्यसको केही छिनमै प्रहरीले पुनः गिरफ्तार गरी काभ्रेतिर लगेको समाचारमा उल्लेख छे । दाङबाट असोज २९ गते गिरफ्तार २१ जनामध्ये अरू २० जना यसअघि नै रिहा भैसकेका छन् तर वीरजङ्गलाई अहिलेसम्म पनि प्रहरीले रिहा गरेको छैन । अदालतबाट यसअघि नै प्रत्येकलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिइसकेको भए पनि प्रहरी प्रशासनले राजनीतिक पूर्वाग्रहका आधारमा वीरजङ्गलाई भने बारम्बार गिरफ्तार गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :