जेफरी भ्रमणको विरोध

jefrydfeltmanकाठमाडौं / असार २५  :  नेपाल सरकार र सरोकारवाला नेपाली कुटनीतिक निकायसँग आवश्यक समन्वय नगरी नेपाल भ्रमणको तयारीसहित नेपाल सरकारलाई आफ्नो मातहतको निकायको जस्तो ब्यवहार गरेका राष्ट्रसंघीय उच्च अधिकारी जेफरी फेल्टम्यानको नेपाल भ्रमणप्रति नेपाल सरकारले आपत्ति प्रकट गरेको छ । उनलाई तत्काल नेपाल भ्रमण रोक्न अनुरोध गरेको छ । जेफरी साउन ७ गते नेपाल आउने कार्यक्रम छ । नेपाल सरकारले राष्ट्रसंघीय नियोगलाई स्थानीय निकायको निर्वाचन भएपछि अर्थात माघपछि मात्र भ्रमण गर्न आग्रह गरेको छ ।

unlogo-300x201

नेपाल सरकार र राष्ट्रसंघीय नियोगबीच चुनाव पर्यवेक्षणलगायतका विषयमा नेपाल सरकारसँग समन्वय नै नगरी भ्रमण तोकेपछि सम्बन्धमा थप चिसोपन भएको हो । स्थानीय तहको निर्वाचनमा नियोगले निर्बाध पर्यवेक्षणको माग गरेको थियो । तराईको पृथकतावाद र भारतीय स्वार्थमा तराईका साम्प्रदायिक समूहलाई राष्ट्रसंघीय नियोगले उचालेको आशंकामा सरकार र राष्ट्रसंघीय नियोगप्रति सरकार असन्तुष्ट भएको थियो । स्मरणीय छ भारतसहित पश्चिमी देशहरुले तराईमा पृथकतावादलाई धाप मारेर नेपाललाई अस्थिर बनाइ राख्ने हर्कतमा संलग्न भएको धेरैको आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :