एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गर्दै कालो बेलुन उडाइयो

बुटवल  : राष्ट्रघाती अमेरिकी परियोजना मिनिलियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बुटवलमा आइतबार पनि रिजेक्ट एमसीसी अभियानअन्तर्गत कालो बेलुन उडाउनुका साथै प्रदर्शन गरिएको छ । स्वतन्त्र युवाहरूको समूहले नेपालको नयाँ नक्साअङ्कित टिसर्टमा रिजेक्ट एमसीसी लेखेर एमसीसीविरुद्ध प्रदर्शन गर्दै कालो बेलुन उडाएका हुन् ।

एमसीसी खारेजीको माग गर्दै बुटवलमा निरन्तर प्रदर्शन हुँदै आएको छ । बुटवलका सामाजिक अभियन्ता र युवाहरूले नेपालमा एमसीसी लागू गरिए देश पराधीन हुने भन्दै विभिन्नखाले आन्दोलन र विरोध कार्यक्रम गर्दै आएका छन् । कोरोना महामारीको प्रकोपको समयमा पनि उनीहरूले भौतिक दूरी कायम गर्दै विभिन्न प्रकृतिका विरोधका कार्यक्रम गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :