एमसीसी खारेज अभियान तीव्र


काठमाडौँ : स्वतन्त्र युवाहरूको समूहले बुटवलमा एमसीसी खारेज अभियान सञ्चालन गरेको छ ।

नेपालको नयाँ नक्सा अङ्कित टिसर्टमा ‘रिजेक्ट एमसीसी’ सहित नारा लेखेर युवाहरुले एमसीसी खारेजीको नारा घन्काएका छन् । बुटवलको पुष्पलाल पार्कमा उपस्थित भएका युवाहरुले ल्य No MCC लेखिएको माक्स लगाएर विरोधसभाको आयोजना हुन् ।

‘एमसीसी नवउदारवाद हो, एमसीसी चाहिँदैन, देशलाई अमेरिकी उपनिवेश बनाउन पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड, पम्पलेटसहित उपस्थित भएका युवाहरुले देश विकास गर्न एमसीसी परियोजना नभई भ्रष्टाचार रोक्नुपर्ने माग राखेका थिए । राष्ट्रिय झन्डालाई गोलो घेरामा राखेर राष्ट्रियताको रक्षामा नेपालीहरु एक भएको सन्देश दिँदै युवाहरुले एमसीसीको आक्रमण रोकेको दृश्य झल्कने गरी कार्यक्रम देखाएका थिए । कार्यक्रम संयोजक मनोज पोख्रेलले एमसीसी खारेज नहुँदासम्म निरन्तर सङ्घर्ष जारी राख्ने बताए ।

बुटवलमा एमसीसीविरुद्ध निरन्तर ‘रिजेक्ट एमसीसी’ अभियान सञ्चालन भैरहेको छ । लामो समयदेखि विवादित रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै विभिन्न अभियन्ता तथा समूहहरुले प्रदर्शन गर्दै आएका छन् ।

अर्का अभियन्ता विनोद खनालले एमसीसी खारेजीका लागि दैनिक जनसहभागिता बढिरहेको बताए । अभियानमा लागिरहेका पदम कार्कीले १६ गते अर्को विरोध कार्यक्रम र १८ गते एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्नविषयक अन्तरक्रिया आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :