नेकपा जाजरकोटले गर्यो एमसीसीविरुद्ध कार्यक्रम


काठमाडौँ : अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला शनिबार नेकपा जाजरकोटले जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतलादहन गरेको छ ।

प्रदर्शनपछि आयोजित कोणसभामा जिल्लास्तरीय नेता–कार्यकर्ताले एमसीसीविरुद्ध पार्टीको धारणा सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विवेकले ववर्तमान दलाल संसदीय व्यवस्थाका भरौटेहरूले कोराना भाइरसबाट त्रस्त, आतङ्कित र थकित नेपाली जनतालाई छक्याएर एमसीसी सम्झौता संसद्बाट पास गर्न खोजिरहेकाले उक्त सम्झौता पारित भएमा नेपाल युद्ध मैदान बन्ने बताए । यो षड्यन्त्रका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी देशव्यापी सङ्घर्षमा जुटेको र कोभिड १९ सङ्क्रमण र लकडाउनको मौका पारेर राष्ट्रघाती सम्झौता गरेको उनले बताए । राष्ट्रियताविरोधी कार्य नेपाली जनता र आफ्नो पार्टीलाई सैह्य नहुने र यसको ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाहीले भने, ‘केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध छ । यस्ता राष्ट्रघाती कदम बन्द गर्न सरकारलाई चेतावनी दिन्छौँ ।’

उनले भने, ‘नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । यो देशलाई युद्धमैदान बनाउने प्रयास नगरे हुन्छ । अमेरिकाले इतिहास नभुले हुन्छ– हिजो नेपाललाई कब्जा गरेर गुलाम बनाउने प्रयास गर्दै गर्दा नेपालीले अङ्ग्रेजविरुद्ध कसरी लडेका थिए !’

उनले शेरबहादुर देउवा अमेरिकाको दलाल भएको पनि बताए । अब आमनागरिकहरूले मूकदर्शक बनेर बस्नु नहुने र यसको प्रतिरोधका लागि उठ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :