नेकपा कालीकोटद्वारा एमसीसीविरुद्ध प्रदर्शन

 
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले एमसीसी सम्झौता र अमेरिकी सैन्य हस्तक्षेपका विरुद्ध शनिबार जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन गरेको छ ।

कालीकोटका सबै एरियाहरूमा भव्य जनप्रदर्शन सम्पन्न गरिएको नेकपा कालीकोटले जनाएको छ । कालीकोट पचालझरनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नगरे र अमेरिकी सैन्य हस्तक्षेप नरोके आमजनता, पार्टी पङ्क्तिले सेना भएर अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने बताए ।

विश्वभरि जहाँ एमसीसी लागू भएको छ त्यो देश पराधीन बनेको भन्दै रणदीपले विकास र समृद्धिको नाउँमा डलर पचाउन एमसीसी पास गराए दलालहरूलाई गाउँ प्रबेश गर्न नदिने चेतावनी दिए । राष्ट्रिय स्वाधीनताका पक्षमा लड्ने सबै पार्टी एक ठाउँमा उभिएर दलाललाई ठीक पार्नुपर्ने रणदीपले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :