एमसीसीका पक्षमा नलाग्नू भन्दै नेकपाले झुन्ड्यायो सांसदको घरमा कालो ब्यानर


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले एमसीसीको विपक्षमा उभिन सचेत गराउँदै प्रतिनिधिसभा सदस्यको घरमा सचेतनामूलक कालो ब्यानर टाँगेको छ ।

जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद निरुदेवी पालको घरमा ‘राष्ट्रघाती सम्झौताको खारेज गरौँ ! राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ !!’ भन्ने नारा लेखिएको कालो ब्यानर टाँगेर नेकपाले एमसीसीका विपक्षमा उभिन सचेत गराएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा १७ मा रहेको

पालको घरमा कालो ब्यानर टाँगिएको नेकपा स्रोतले जनाएको छ ।

राष्ट्रघाती सम्झौता खारेज गर्न र सम्झौताका पक्षमा मत नहाल्न सचेत गराउँदै नेकपाले जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सबै सदस्यहरूलाई शुक्रबार पत्र पठाएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सन्देश प्रवाह गर्दै एमसीसी पास नगर्न आग्रहका साथ निरन्तर देशव्यापी विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :