नेपालमा सलह पस्यो, सलहको जोखिम छैन भन्ने सरकारी दाबीले हावा खायो


काठमाडौँ : नेपालमा सलह कीराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम नरहेको निष्कर्ष निकालेको महिना दिन नपुग्दै नेपालमा सलह भित्रिएको छ ।

६० वर्षअघि नेपालमा पसेर विभिन्न ठाउँमा अनिकाल लगाएको सलह कीरा नेपाल भित्रिएर अन्न र तरकारी बाली खान सुरु गरेको छ । शनिबार बिहान नेपाल भित्रिएको फट्याङग्रा प्रजातिको उक्त सलह कीराले सर्लाही, बारा र पर्सामा बाली खान थालेको हो ।

नेपालमा सलह भित्रिएपछि सलह नियन्त्रण उपायबारे शनिबारै नेपालका एक दर्जनभन्दा बढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह परामर्श लिएका छन् । पाकिस्तानमा सलह नियन्त्रणमा सफलता हातपारेका वैज्ञानिकसँग नेपालका कृषिविज्ञहरूले दुई घन्टा छलफल गरेका छन् ।

यसअघि यमनबाट पाकिस्तानको बाटो हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरबितर भएको, सलहको ठूलो बथान छुटेको, नेपालको मनसुनी हावाको दिशाका कारण नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको सरकारी दाबी गलत भएको छ । भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूबाट सलह नेपाल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :