निगमलाई बिनासर्त रिहा नगरिए कडा सङ्घर्ष : अखिल क्रान्तिकारी


काठमाडौँ : अखिल क्रान्तिकारी ललितपुरले सङ्गठनका उपाध्यक्ष निगम भण्डारीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष अग्रीमले विज्ञप्ति जारी गरी असार १० गते बाटोमा हिँडिरहेको समयमा प्रहरीले बिनाकारण गिरफ्तार गरेको र तत्काल रिहा नगरिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा सङ्गठन अन्याय, अत्याचार, दमनका विरुद्ध निरन्तर सङ्घर्षमा रहेको र सरकारका राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, शैक्षिक विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष जारी रहने पनि जनाइएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :