सरकारी विद्यालयमा क्वारेन्टाइन, निजि विद्यालय शुल्क असुल्नमा


काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति बारा पर्साले त्यसक्षेत्रमा रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै यस्तो क्रम नरोकीए आन्दोलनका कार्यक्रम अघि बढाउने बताएको छ ।

क्रान्तिकारीका बारा पर्सा हेर्ने केन्द्रीय सदस्य प्रभातले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका सरकारी विद्यालयहरु क्वारेन्टाइनमा बदलिएको बेला निजी विद्यालयहरुले धमाधम विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।

बिहीबार जारी गरिएको उक्त प्रेस विज्ञप्तिमा बर्तमान नामधारी कम्युनिस्ट सरकारले कोरोना महामारी नियन्त्रणको लागि प्रभावकारी कार्यक्रमहरु चलाउनुको सट्टा कोरोना भाइरस नियन्त्रणको नाममा १० अर्व बजेट भ्रष्टाचार गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :