२७ गते नेपाल बन्द हुने

Sandesh-Poudel-suman limbu

काठमाडौं / असार २५ : आफ्ना केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सन्तकुमार लिम्बु ‘सुमन’लगायतका सयौं कार्यकर्तालाई रिहाई नगरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले सरकारको विरुद्ध असार २७ गते नेपाल बन्द गर्ने भएको छ । सरकारले आस्थाका बन्दीहरुलाई २५ गते मध्यान्नसम्म छोडिसकेको छैन । तसर्थ असार २७ गते नेपाल बन्द निश्चित जस्तै भएको छ । नेकपाले २७ गते बन्द सफल बनाउन २६ गते देशब्यापी मसाल जुलुशलगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :