ट्रम्प परिवार अमर्यादित

ivanka-trump-defends-fathers-stance-on-women (1) 1काठमाडौं / असार २५ : अमेरिकी धनाढ्य परिवारका प्रतिनिधिको रुपमा डोनाल्ड ट्रम्प अमेरिकी सत्ताको शिर्षासनमा पुगेका छन् । उनी र उनको परिवार मर्यादित र अनुशाषित होला भन्ने आम नागरिकको सोच रहेको छ । तर पुँजीपति वर्गका कुलिन परिवार कुन हदसम्म अमर्यादित, अनुशासनहीन र अराजक हुन्छन् भन्ने कुरा भन्ने कुरा जी–२० शिखर सम्मेलनमा ट्रम्पकी छोरी इभानका ट्रम्पले प्रदर्शित गरेकी छन् । जर्मनीको ह्याम्वर्ग शहरमा भैरहेको जी–२० शिखर सम्मेलनको मध्यान्तरमा ट्रम्प मञ्चबाट अर्को काम विशेषले बाहिर निस्किएको बेला उनकी छोरी इभानका लाजै पचाएर राष्ट्रपतिको कुर्सीमा बसिन् । ट्रम्प परिवारका कुनै सदस्य स्वतः राष्ट्रपतिको हैसियतमा हुँदैनन् भनिरहनु पर्दैन । यसलाई अमेरिकी समाजको कुलिन वर्गमा निहीत अराजकता र सामान्ति चिन्तनकै रुपमा हेरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :