चट्याङले लियो छजनाको ज्यान


काठमाडौँ : सप्तरीमा चट्याङ लागेर चारजनाको ज्यान गएको छ भने मकवानपुरमा दुईजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान सप्तरी जिल्लाकोे महादेव गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।

सप्तकोसीमा नुहाउन गएका २७ वर्षीय बेचन यादव र ६० वर्षका छेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो । यस्तै बिहानै खेतमा धान रोप्न जान लागेको बेला डाक्नेश्वरी ९ की एक महिलाको र राजगढ गाउँपालिका २ मा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी शाहको ज्यान गएको छ भने सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

उता मकवानपुरमा पनि हावाहुरीपछि आएको चट्याङका कारण २ जनाको ज्यान गएको बताइएको छ ।
नेपालका विभिन्न ठाउँमा चट्याङले प्रत्येक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ ।

यसैबीच देशैभरी मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । मनसुन सुरु हुनुअघि नै सुरु भएको प्रि–मनसुन पनि लगातार भैरहेकाले ठाउँठाउँमा बाढीपहिरो र डुबानको खतरा बढेको हो । यसअघि गुल्मी, पाल्पालगायत ठाउँहरूमा गएको पहिरोले मानवीय क्षतिसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :