कुमार पौडेलको बलिदानको एक वर्ष

सहिद कुमार पौडेलको स्मृतिमा जिल्लाजिल्लामा सभा सम्पन्न

काठमाडौँ : नेकपा नेता कुमार पौडेलको बलिदान भएको एक वर्ष पुगेको छ । नेकपाले सहिद कुमार पौडेलको स्मृतिमा असार ५ गते स्मृतिसभा सम्पन्न गरेको छ ।

सिराहाबाट प्राप्त जानकारीअनुसार यस जिल्लामा कुमार स्मृति सभा जोखिमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त सभामा प्रताप, प्रदीपलगायत अतिथि थिए । सभाको अध्यक्षता सङ्ग्राम र सञ्चालन विकल्पले गरेका थिए ।

यसैगरी नेकपा जनकपुर ब्युरोका अन्य विभिन्न जिल्लामा पनि कुमार स्मृति सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार धनुषामा सम्पन्न स्मृति सभामा रेखाले सम्बोधन गरेकी थिइन् ।

यसैगरी सर्लाही–महोत्तरी दुई जिल्लाको संयुक्त आयोजनामा सम्पन्न कुमार स्मृति सभामा कमलले सम्बोधन गरेका थिए ।

ब्युरोले दिएको जानकारीअनुसार असार ५ गते सिन्धुलीको हरिहरपुरगढीमा सम्पन्न कुमार स्मृति सभामा सुशीलले सम्बोधन गरेका थिए भने दक्षिण सिन्धुलीमा आयोजित स्मृति सभामा गोपालले सम्बोधन गरेका थिए ।

गतसाल यसै समयमा नेकपा सर्लाहीका इन्चार्ज तथा स्थापित नेता कुमार पौडेललाई प्रहरीले लालबन्दी लखन्ती खोलानजिक गिरफ्तार गरी क्रूरतापूर्वक हत्या गरेको थियो । पौडेलको हत्याको संसद्देखि सडकसम्म सर्वत्र निन्दा एवम् भत्र्सना भएको थियो । तत्कालीन प्रहरीमहानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष निर्देशनमा पौडेलको हत्या भएको तथ्यसमेत सार्वजनिक भइसकेको छ ।

विभिन्न अध्ययन प्रतिवेदन र परिवारस्रोतले पनि पौडेलेको हत्या नियोजित र षड्यन्त्रमूलक भन्दै हत्याराहरूमाथि कारबाहीको माग गरेका छन् तर हालसम्म हत्याराहरूमाथि कारबाही भएको छैन । स्मृतिसभाका वक्ताहरूले पौडेलका हत्याराहरूमाथि सरकारले कारबाही नगरे एकीकृत जनक्रान्तिका क्रममा जनताले कारबाही गर्ने बताएका थिए ।

जातिभेद र रङ्गभेदको विरोधमा सभा

यसैबीच अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइड र नेपालको पश्चिम रुकुममा दलित समुदायका नवराज विकसहित ६ युवकको नृशंस हत्याको घटनाको विरोध गर्दै असार ७ गते सिराहा, धनुषा, सिन्धुली, दक्षिण सिन्धुली, सर्लाहीलगायत जिल्लामा प्रदर्शन र सभाहरू सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :