एमसीसीका पक्षमा मत नहाल : नेकपा


काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौताको पक्षमा भोट नहाल्न दैलेखका सांसदहरूलाई नेकपाले आग्रह गरेको छ । दैलेख जिल्ला इन्चार्ज दीपेन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाविपरीत एमसीसी सम्झौता पास गराउन भूमिका निर्वाह गर्ने दलालहरूका विरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको उल्लेख गरेका छन् ।

दैलेख जिल्लाबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई राष्ट्रघाती सम्झौता एमसीसीका विरुद्ध आफ्नो मत जाहेर गर्न नेकपाले आग्रह गरेको हो । इतिहासमा राष्ट्रघाती दलाल शासकहरूले गरेका असमान सम्झौताहरू महाकाली, कोसी, गण्डकीलगायत सन्धिहरूले अहिले देशमा वैदेशिक हस्तक्षेप बढेको, राष्ट्रियता खतरामा परेको र एमसीसी सम्झौता पारित भए नेपाल सधैँका लागि पराधीन बन्ने भन्दै नेकपाले सांसदहरूलाई एमसीसीका विपक्षमा मत जाहेर गर्न आग्रह गरेको हो । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :