एमसीसीविरुद्ध आज माइतीघर मण्डला सहित देशैभरी ११ दलको प्रदर्शन

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज ११ दलले माइतीघर मण्डला सहित देशैभरी जन प्रदर्शन गरेका छन् ।
काठमाडौँमा  भएकाे प्रदर्शनमा नेकपा(क्रान्तिकारी माओवादी) एवं देजमो नेपालको तर्फबाट स्थायी समिति सदस्य सिपि गजुरेल, मसाल र जनमोर्चाको तर्फबाट दुर्गा पौडेल, राष्ट्रिय जागरण मञ्चको तर्फबाट नरबहादुर कार्की, जनसमाजवादी पार्टीबाट सुवासराज काफ्ले, नेकपा ऋषि कटेल उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी र नेकपा माओवादीका संयोजक विमल अधिकारीले बोलेका थिए । बक्ताहरुले एमसिसी परियोजना राष्ट्रघाती भएको भन्दै उक्त परियोजना लागु भएमा देश पराधिन बन्ने भएकोले उक्त परियोजना संसदबाट पास नगर्न चेतावनी दिएका छन् । केपी वली सरकारले संसद्बाट एमसीसी पारित गर्न खोजेपछि त्यसका विरुद्ध सिङ्गो जनमत विरोधमा उत्रिएको छ । उक्त सम्झौता पारित भएर कार्यान्वयन भएमा नेपाल विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बन्ने ठहर गर्दै सम्झौता खारेजीको माग गर्दै ११ दलीय मोर्चाले आज देशभर जनप्रदर्शन गरेको हाे । मोर्चामा मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल), मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनाली, महासचिव, नेकपा (माले), चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा, गोपाल किराँती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल, केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त) र गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च सहभागी छन् ।यसअघि मोर्चाको बैठकले नेपालमा एमसीसी लागू गर्नु राष्ट्रघाती कदम भएको भन्दै यसका विरुद्ध प्रेस विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :