दाङमा केपी वलीको पुतला जल्यो

दाङ : राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गर्दै दाङका ६ ठाउँमा प्रधानमन्त्री केपी वलीको पुतलादहन गरिएको छ ।

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितविपरीत राष्ट्रघाती हुँदाहुँदै पनि प्रधानमन्त्री केपी वलीले संसद्बाट पारित गर्न विभिन्न चलखेल गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी दाङले सोमबार जिल्लाका तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, रामपुर र देउखुरी गरी ६ ठाउँमा वलीको पुतलादहन गरेको जनाइएको छ ।

एमसीसी नेपाली जनताको हितमा नभएको, विशुद्ध साम्राज्यवादको नीति लागू गर्न मात्र घुसाइएको हुनाले यो राष्ट्रघाती परियोजनालाई सचेत क्रान्तिकारी, राष्ट्रवादी शक्तिहरूले प्रतिकार गर्नु आवश्यक रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै चरणबद्ध देशव्यापी खबरदारी र जनप्रदर्शन गर्दै आइरहेको छ ।

जनस्तरबाट र देशभक्ति, बुद्धिजीवी र सचेत नागरिकले पनि सर्वत्र राष्ट्रघाती एमसीसी खारेज हुनुपर्ने भन्दै दिनहुँ विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :