सिंहमारीमा फाइरिङ  / समिर गुरूङको मृत्यु / अहिलेसम्म गरिसक्यो सीआरपीले गोली हानी ३ नेपाली भाषीको हत्या

sahid-1

दार्जी्लिङः सोनादामा हिजो राती सीआरपीएफले गरेको फाइरिङमा टाशी भोटियाको मुत्यु भएको थियो। पुलिस प्रशासनले यसरी निर्दोष जनतामाथि गोली चलाएर मानवाधिकार हनन गरेको भन्दै दार्जी्लिङमा प्रशासन विरुद्ध भइरहको प्रदर्शनबीच फेरि सीआरपीएफका जवानहरूले गोली चलाए । यही गोलीबारीमा घटनास्थलमा नै तुङसुङ निवासी सुरज सुन्दासको मृत्यु भएको थियो । यो घटनापछि गोर्खाल्याण्ड समर्थकहरू अझ आक्रोशित बने । सिंहमारीमा प्रदर्शनकारीहरूले अझ व्यापक नाराबाजी गरेपछि त्यहाँ पनि सीआरपीएफका जवानहरूले गोली चलाएको थियो । यो गोलीबारीमा सिंहमारी रोपवेका समिर गुरुङ (४२ वर्ष) को मृत्यु भएको छ ।
यता चारजना सीआरपीएफ जवानलाई प्रदर्शनकारीहरूले खुकुरीले प्रहार गरेको छ, तर अहिलेसम्म कोही पनि जवानको मृत्युको खबर आएको छैन । खबरम्यागजिन खबरदाता अनुसार यो गोलीबारीमा धेरै प्रदर्शनकारी घाइते बनेका छन
खबरम्यागजिनबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :