सनराइजको श्रद्धाञ्जली सभा सम्पन्न / १० लाख अक्षय कोष खडा

sunrise-1

काठमाडौं / असार २४ : नेकपा, कैलालीले बेबारिसे बम विस्फोटमा परी सहादत भएको चन्द्रबहादुर सिंह ‘सनराईज’ को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । धनगडी उपमहा नगरपालिका–१२, जुगेडास्थित घरमा शनिबार श्रद्धाञ्जली सभाको सम्पन्न गरिएको हो । जिल्ला सदस्यसमेत रहेका सनराइजलाई श्रद्धाञ्जली दिन पार्टीका राजनीति समिति सदस्य (पी.बि.म.) ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, रामप्रसाद तिमिल्सिना ‘राप्ती’ केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्कासहितका नेताहरु सहभागी थिए ।

san

यही असार १२ गते धनगढीमा राती १० बजे बेवारिसे वस्तु चलाउँदा सो वस्तु विष्फोट हुँदा नेकपाका जिल्ला सदस्य चन्द्रबहादुर सिंह ‘सनराइज’ को सहादत भएको थियो । विस्फोटबाट गम्भीर घाइते भएका सनराइजको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा राती नै सहादत भएको थियो । नेकपा, कैलालीले सनराइजको सम्झनामा दश लाखको अक्षय कोष खडा गरेको छ । नेकपा, सेती ब्युरोले सनराइजलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :