नेकपाका बाजुरा जिल्ला इन्चार्ज एन्डिज गिरफ्तार

कैलाली : नेकपाका बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक ‘एन्डिज’ लाई प्रहरीले कैलालीबाट गिरफ्तार गरेको छ । उनलाई कैलालीको बडैपुरबाट सोमबार गिरफ्तार गरिएको भन्दै नेकपाको सेती–महाकाली ब्युराले यथाशीघ्र रिहा गर्न माग गरेको छ ।

ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गरी सिङ्गो देश कोरोना महामारीका विरुद्ध जुझिरहेको बेला थोरै पनि मानवीय संवेदनालाई ख्याल नगरी इन्चार्ज एन्डिजलाई गिरफ्तार गरिएको भन्दै भत्र्सना गरेका छन् । भारतबाट आउने क्रममा लकडाउनका कारण कैलालीमा बसेका बेला उनलाई पक्राउ गरिएको र यो मानवताविरोधी कार्य भएको इन्चार्ज निर्माणको विज्ञप्तिमा उल्लेख छ ।

एन्डिजलाई झूट्टा मुद्दा लगाएर गिराफ्तारीलाई निरन्तरता दिएमा पार्टी कडा जबाफ दिन बाध्य हुने र त्यसको जिम्मेवारी स्वयम् केपी वली सरकारले लिनुपर्ने चेतावनी निर्माणले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :