अनलाइन कक्षाका नाममा शुल्क लिए आन्दोलन : क्रान्तिकारी


काठमाडौँ : कोरोना भाइरस महामारीका कारण गरिएको बन्दाबन्दीमा सामान्य मानिसहरूको जीवन आर्थिक रूपले जर्जर बनेको बेला निजी तथा सरकारी विद्यालयहरूले विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क लिने गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

अखिल क्रान्तिकारीको जिल्ला समिति कास्कीका संयोजक पुरन मगरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कठिन परिस्थितिमा पनि विद्यालयहरूले अनलाइन शिक्षाका नाममा शुल्क लिने र विद्यार्थीबाट भर्ना, मासिक शुल्कलगायत शुल्क लिने गरेको भन्दै उक्त कार्य बन्द गर्न अपिल गरेका छन् । अनलाइन कक्षाको बहानामा विद्यालयहरूले विद्यार्थीहरूबाट शुल्क लिने काम जारी राखे आन्दोलन गर्न बाध्य हुने पनि अखिल क्रान्तिकारी कास्कीले जनाएको छ । साथै चैत, वैशाख र जेठ महिनाको शुल्क नतिर्न र शैक्षिक लुटेराहरूको अवज्ञा गर्न पनि अखिल क्रान्तिकारीले अभिभावकसँग आग्रह गरेको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :