सरकार मानविय संवेदनालाई ख्याल गर : निर्माण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले देश कोरोना कहरसँग जुधिरहेको बेला मानवीय संवेदनालाई समेत ख्याल नगरी सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।

सेम ब्युरो इन्चार्ज निर्माणले सोमबार प्रेस विज्ञप्ति जारी गरी यही असार ७ गते आइतबार कैलालीको बडैपुरबाट आफ्नो पार्टीका बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक ‘एन्डिज’ लाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

निर्माणले मानवीय संवेदनालाई ख्याल नगरी फरक राजनीतिक आस्थाका आधारमा गिरफ्तार गर्नु दलाल सामाजिक फासिवादी सरकारको घोर निन्दनीय र भत्र्सनायोग्य कार्य भएको बताएका छन् । उनले गिरफ्तार गरिएका भूपेन्द्र विक ‘एन्डिज’ को यथाशीघ्र रिहाइको माग पनि गरेका छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :