अनलाइन कक्षाका नाममा शुल्क नलेऊ : अखिल (क्रान्तिकारी)


काठमाडौँ : कोरोना भाइरस महामारीका कारण गरिएको बन्दाबन्दीमा सामान्य मानिसहरूको जीवन आर्थिक रूपले जर्जर बनेको बेला चितवनका निजी तथा सरकारी विद्यालयहरूले विभिन्न शीर्षकमा विद्यार्थी बाट शुल्क लिने गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जे लामाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कठिन परिस्थितिमा पनि विद्यालयहरूले अनलाइन शिक्षाका नाममा शुल्क लिने र विद्यार्थीबाट भर्ना, मासिक शुल्कलगायत शुल्क लिने गरेको भन्दै उक्त कार्य बन्द गर्न अपिल गरेका छन् । अनलाइन कक्षाको बहानामा विद्यालयहरूले विद्यार्थीहरूबाट शुल्क लिने काम जारी राखे आन्दोलन गर्न बाध्य हुने पनि अखिल (क्रान्तिकारी) चितवनले जनाएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :