क्वारेन्टाइनमा बसेका नेकपा कार्यकर्ता गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी भगवानराजले लकडाउनको समयमा सेल्फ होम क्वारेन्टाइनमा बसेका पार्टीका जिल्ला सदस्य मदन केसीलाई गैरन्यायिक रूपमा गिरफ्तार गरी सरकारले झूट्टा मुद्दामा फसाउन लागेको भन्दै आपत्ति प्रकट गरेका छन् । सरकारको यस्तो प्रपञ्चप्रति आपत्ति जनाउँदै उनले केसीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् ।

कोरोना महामारीको अप्ठेरो परिस्थितिमा समेत सरकार र प्रहरी प्रशासनद्वारा गरिएको यस्तो निन्दनीय क्रियाकलापप्रति नेपाल कम्युनिस्ट पार्टी दाङले घोर भत्र्सना गर्दै विभिन्न विषयमा ध्यानाकर्षणसमेत गराएको प्राप्त समाचारमा जनाइएको छ ।

दाङ सेक्रेटरी भगवानराजले शनिबार जारी गरेको विज्ञप्तिमा लकडाउनको समयमा सेल्फ होम क्वारेन्टाइनमा बसेका बेला जिल्ला सदस्य मदन केसीलाई गैरन्यायिक रूपमा गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउन लागिएकाले बिनासर्त रिहाइको माग गरिएको छ ।

यसैबीच दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटीमा जनता र पार्टीको सहकार्यमा वयोवृद्ध, असहाय तथा अपाङ्गसमेत रहेका चन्द्रबहादुर सुनार र चनमती सुनारदम्पतीको आवास निर्माणकार्यमा गर्न खोजिएको अवरोधप्रति भगवानराजले आपत्ति प्रकट गरेका छन् ।

विज्ञप्तिमा दाङका विभिन्न ठाउँमा आफ्नो पार्टीका नेता–कार्यकर्ता खोजतलासका लागि सुराकीका रूपमा बालबालिकालाई प्रयोग गरिएको पाइएकाले अभिभावकलाई सचेत बनाउँदै बालबालिकाका क्षेत्रमा काम गर्ने निकायको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै यसको खारेजीको मागसमेत गरिएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :