दोलखामा एमसीसी पारित गराउन खोज्नेहरूको पुतलालाई फाँसी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दोलखाले एमसीसी पास गराउने खोज्ने प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतला बनाई तामाकोसी बजारमा नाराजुलुससहित पीपलको रूखमा साङ्केतिक फाँसी दिएको छ ।

प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताहरूले दलालहरू होसियार, नेकपा जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एमसीसी पास गराउन पाइँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गरलगायत नारा लगाएका थिए । प्रदर्शनको नेतृत्व ५ नं. इलाका सेक्रेटेरीले गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :