किसानलाई समयमा नै बीउ–मल व्यवस्था गर : किसान महासङ्घ


काठमाडौँ : नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कपिलवस्तुले किसानलाई आवश्यकताअनुसार तत्काल बीउ–मल, कीटनाशक विषादी, औषधी उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घका जिल्ला अध्यक्ष गल्फासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किसानमारा प्रवृत्तिको अन्त्य गर्दै कृषि उपजलाई व्यवस्थित ढङ्गले बिक्रीवितरणको समेत व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् ।

कोरोनाको कहरका बीचमा किसानहरू खेतीपातीमा व्यस्त भएको भन्दै बजारमा मलको अभाव भएको र कृत्रिम अभाव उत्पन्न गरी किसानलाई बढी मूल्य तिराउने प्रपञ्च गरेको समेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :