रामेछापमा एमसीसीविरुद्ध खबरदारी र जनप्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै खबरदारी र जनप्रदर्शन सम्पन्न गरेको छ ।

प्रदर्शनकारीहरू अमेरिकी साम्राज्यवादका विरुद्ध र दलाल सामाजिक फासिवादी केपी वली नेतृत्वको सरकारका विरुद्ध चर्को नारा लगाउँदै कोणसभामा सहभागी भएका थिए । कोणसभालाई खाँडादेवी गापा इन्चार्ज पुष्पले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पुष्पले एमसीसी नेपाली जनताको हितमा नभएको, विशुद्ध साम्राज्यवादको नीति लागू गर्न मात्र घुसाइएको हुनाले यो राष्ट्रघाती परियोजनालाई सचेत क्रान्तिकारी, राष्ट्रवादी शक्तिहरूले प्रतिकार गर्नु आवश्यक रहेको बताए । उनले यो परियोजना लागू गरिएमा नेपाल पनि सिरिया र अफगानिस्तानजस्तै युद्धभूमिमा परिणत हुने भएकाले यो राष्ट्रघाती र जनविरोधी परियोजनालाई खारेज गर्नुशिवाय अरू विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :