राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई बिनासर्त तत्काल रिहा गर : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँलगायत नुवाकोटको लिखु, रसुवाको गत्लाङ, ललितपुरको कोन्जोसोम र धादिङमा व्यापक प्रहरी परिचालन हुँदाहुँदै पनि राष्ट्रघाती एमसीसीका विरुद्ध प्रदर्शन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शनका क्रममा गिरफ्तार गरिएका पार्टी नेता, कार्यकर्ता र जनसमुदायलाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेको छ ।

विशेष ब्युरोका इन्चार्ज मिलनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति निरन्तर सङ्घर्षरत भएको कुरा यहाँहरूलाई सर्वविदितै छ । काठमाडौँलगायत नुवाकोटको लिखु, रसुवाको गत्लाङ, ललितपुरको कोन्जोसोम र धादिङमा व्यापक प्रहरी परिचालनका बाबजुद पनि राष्ट्रघाती एमसीसीका विरुद्ध विरोध प्रदर्शन सम्पन्न भएका छन् ।’

इन्चार्ज मिलनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा दलाल केपी सरकारले एमसीसीजस्तो राष्ट्रघाती परियोजना नेपालमा लागू गरेर अमेरिकाको सैन्य क्रीडास्थल बनाउने षड्यन्त्रका विरुद्धमा हाम्रो पार्टीसम्बद्ध जवस÷मोर्चाले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमअन्तर्गत आज काठमाडौँको सुन्धाराबाट दिउँसो १ बजे दलाल केपी सरकारले व्यापक प्रहरी परिचालन गरी राष्ट्रियताका पक्षमा आवाज उठाउने न्यायप्रेमी जनसमुदाय एवम् जवस÷मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई हस्तक्षेप र धरपकड गरी गिरफ्तार गरेको छ । राज्यको यसप्रकारको कार्यको घोर भत्र्सना गर्दै गिरफ्तारीमा परेका जनता, नेता तथा कार्यकर्ताको तत्काल रिहाइको जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्ट केपी सरकारको यसप्रकारको दमनले राष्ट्रियताको आन्दोलन कमजोर नहुने, बरु झनै ऊर्जा थप्ने भएको हुनाले हाम्रो पार्टी निरन्तर सङ्घर्षरत रहेको कुरा पनि आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :