नारायणी ब्युरोमा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन


काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध सम्झौता खारेजको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

प्राप्त समाचार अनुसार राप्ती नगरपालिकाको गडयौली साना किसान चोकमा र्यालीसहित कोणसभा भएको छ । कोणसभालाई युवा संगठन नेपाल चितवनका अध्यक्ष राम सेढाइँले सम्बोधन गरेका थिए । रत्न नगरपालिका र कालिका नगरपालिकाको बीचमा पर्ने अमेलिया भन्ने स्थानमा प्रदर्शनसहित कोणसभा भएको थियो । त्यसैगरी भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग भरतपुर रिजाल चोकमा अखिल (क्रान्तिकारी)ले प्ले कार्डसहित प्रदर्शन गरेका थिए

मकवानपुर जिल्लाको थाह नगरपालिकाको वर्जवाराहीमा र्यालीसहित कोणसभा भएको थियो त्यसैगरी हेटौडा उप–महानगरपालिका वडा नं. ६ चौघडा, गढी गाउँपालिका वडा नं. १, मनहरी गाउँपालिका वडा नं. ७ मसिने, मकवानपुरकै राङ्सीराङ ८ मा प्ले कार्डसहित प्रदर्शन गरी कोणसभा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

यसैगरी धादिङ जिल्लाको धार्के गाउँपालिका र बारा जिल्लाको अमलेसपुर र गोरीयाको बीचमा प्रदर्शनसहित कोणसभा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :