राष्ट्रघाती एमसीसी विरुद्ध प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी)का ६ जना गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का करिब ६ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध प्रदर्शनका तयारी गरिरहेका उनीहरुलाई प्रहरीले राजधानीको सुन्धरा क्षेत्रबाट गिरफ्तार गरेको हो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा लाहा छाप लगाउन तयार रहेको सामाजिक फासिवादी ओली सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई गिरफ्तार गर्नु निन्दनीय कार्यभएको र गिरफ्तार परेका विद्यार्थीलाई बिना शर्त रिहा नगरे कडा संघर्ष गर्ने अखिल (क्रान्तिकारी)ले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय संगठनहरुले आज देशै भरी एमसीसीका बिरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो । एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले देशैभरी पर्चा, पम्प्लेटिङ, कोणसभा, मशाल जुलुस, पुतला जलाउने, गोष्ठी, अन्तरक्रियालगायत विभिन्न किसिमका कार्यक्रम गरिसकेको छ । अमेरिकी परियोजना एमसीसी नेपालको हितविरुद्ध भएको र उक्त परियोजना संसदबाट पारित भई लागू भए नेपाल पराधीन बन्ने भन्दै उक्त परियोजना पारित नगर्न सरकारमाथि चौतर्फी दबाब भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :