छाउगोठमा सर्पले डसेर शाहीकी मृत्यु

Dailekh_district_location

काठमाडौ/असार २४ : दैलेख, चामुन्डा विन्द्रासैनी नपा–६, स्थित लैनचैवरकी २२ वर्षिया  शान्ता शाहीलाई बिहिबार राती  १० बजे घर छेवैको छाउगोठमा सुतिरहेका बेला सर्पले डसेर मृत्यु भएको थियो । सर्पको डसाई भएपछि धामीझाँक्रीको भर पर्दा ज्यान गएको जम्मुकाध स्वास्थ्य चौकीकी अनमी कमला शाहीले बताइन् । दैलेखमा अझै पनि ३ सय ७६ वटा छाउगोठ रहेका छन् । मध्य तथा सुदुरपुश्चिमका विभिन्न जिल्लामा यो प्रथा कायमै छ । सुत्केरी भएको २२ दिनसम्म र  महिनावारी भएको  ९ दिनसम्म घरदेखी टाढाको छाप्रोमा बस्नुपर्ने महिलाको बाध्याता छ । सरकारले छाउपडी प्रथा निर्मुल गर्ने भनिए पनि त्यो कागजमा मात्र सिमित रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :