जर्मनीमा पुँजीवादका विरुद्ध प्रदर्शन

काठमाडौं / असार २४ : जर्मनीको ह्याम्वर्गस्थित जी–२० राष्ट्रहरुको शिखर सम्मेलन असपासमा युरोपका जनताले ठूलो प्रदर्शन गरेका छन् । बैठक स्थलतर्फ जान खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा ब्यापक झडप भएका थिए । पुँजीवादले विश्वलाई विनासतर्फ धकेलेको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपतिको विरुद्ध नारा लगाउँदै बैठक स्थलतर्फ बढेका थिए । योे घटनाले युरोपको असन्तुष्टिलाई प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :