काठमाडौँको प्रदर्शनमा प्रहरीको व्यापक दमन

काठमाडौँ : नेकपाले जातीयता र रङ्गभेदविरुद्ध काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँको भोटाहिटीमा भैरहेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक दमन गरी केहीलाई गिरफ्तारसमेत गरेको छ ।

रुकुमको सोतीमा दलित युवामाथि भएको बर्बर हत्याकाण्ड, अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडको रङ्गभेदपूर्ण पाशविक हत्या, एमसीसी र कोरोनाको बहानामा भएको व्यापक भ्रष्टाचारका विरुद्ध भएको जनप्रदर्शनमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

दिउँसो १२ बजे कार्यक्रम सुरु भएलगत्तै प्रहरीले हस्तक्षेप गरी अखिल क्रान्तिकारी काठमाडौँ जिल्लाका नेता गोविन्द बिष्ट, दलित मुक्ति मोर्चाका नेता गोपाल परियार र सम्पर्क मञ्चका नेता पूर्ण श्रेष्ठलाई गिरफ्तार गरेको हो । नेकपाका जवस र मोर्चाहरूको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनमा फासिवादी केपी सरकार र साम्राज्यवादी ट्रम्प प्रशासनविरुद्ध प्लेकार्ड र कालो ब्यानरसहित नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :