रामेछापमा जातीय तथा रङ्गभेदविरुद्ध मार्चपास्ट


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले रुकुम चौरजहारी हत्याकाण्ड र अमेरिकामा अश्वेत नागरिकको हत्याको विरोधमा मार्चपास्ट र सभा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला सेक्रेटरी सौगात, जिल्ला सदस्य पुष्प, जिल्ला सदस्य ज्वाला र अन्य राजनीतिक दलका नेताहरूले सम्बोधन गरेको समाचारमा जनाइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै सेक्रेटरी सौगातले रुकुम हत्याकाण्डका अपराधीहरूलाई निकम्मा सरकारले कारबाही गर्न आनाकानी गरेमा दोषीहरूलाई नेपाल कम्युनिस्ट पार्टीले छानबिन गरी कारबाही गर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले अमेरिकी साम्राज्यवाद मुर्दावाद, छुवाछूत र भेदभाव अन्त्य गर, सामाजिक फासिवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, हत्यारालाई कारबाही गर भन्दै साम्राज्यवाद र सामाजिक फासिवादविरुद्ध चर्को नाराबाजी गरेका थिए । कार्यक्रममा सयौँ जनसमुदायको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :