एमसीसीविरुद्ध झापाका विभिन्न स्थानमा पोस्टरिङ


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा व्यापक पोस्टरिङ गरिएको नेकपा झापाले बताएको छ ।

जिल्लाका सम्बन्धित नगर, गाउँपालिकालगायत स्थानमा राष्ट्रघाती एमसीसीविरुद्ध पोस्टर टाँस्ने काम सम्पन्न भएको सेक्रेटरी श्रीजङ्गले बताए ।

झापाका बिर्तामोड, दमक, बुद्धशान्ति, मेचीनगर, भद्रपुर, कमल गाउँपालिका, शिवसताक्षी, बाह्रदशीलगायत एक दर्जनभन्दा बढी स्थानमा पोस्टरिङ गरिएको उनले बताए ।

अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको नेकपा झापाले जनाएको छ ।

यसअघि नेकपा झापाले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस, पर्चा वितरण र कोणसभाहरू सम्पन्न गरिसकेको र एमसीसविरुद्ध थप कार्यक्रम गर्दै अगाडि बढ्ने सेक्रेटरी श्रीजङ्गले बताए ।

एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :